कोभिड कोषमा १० करोड थप्ने लुम्बिनी प्रदेश सरकारको निर्णय
सोमबार, २४ जेठ २०७८, १८ : ०४

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रकम थप्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै बैठकले मंगलबार प्रदेशसभामा प्रस्तुत गर्ने सरकारको नीति कार्यक्रम स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री बैजनाथ चौधरीले भोलि नीति कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रस्तुत गर्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।