बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौंको सानो भर्‍याङस्थित नक्कली कस्मेटिक कारखानामा प्रहरी छापा

सोमबार, २४ जेठ २०७८, १७ : ५०
सोमबार, २४ जेठ २०७८

काठमाडौंको सानो भर्‍याङस्थित कस्मेटिक कारखानामा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतीय नागरिक राजन जैसवालले सञ्चालन गरेको कारखानामा छापा मारेको हो । 

थानकोट बस्ने जैसवालले नाम चलेका ब्राण्डका स्टिकर टाँसेर कमसल कस्मेटिक उत्पादन गरेर बेच्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । 

उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको टोली पनि सो कारखानामा पुगेको छ । चार तलाको घरमा रहेको कारखाना वाणिज्य विभागले सिल गर्ने तयारी गरेको छ । 

जैसवाल पहिले पनि राजस्व छलि प्रकरणमा मुछिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप