शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि भेरोसेल खोप अभियान : कहाँ गएर लगाउने ?

सोमबार, २४ जेठ २०७८, १७ : २९
सोमबार, २४ जेठ २०७८

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस कोभिड—१९ बिरुद्धको भेरोसेल खोप अभियान ३२ स्थानबाट दिने भएको छ । जेठ २५ गतेदेखि सञ्चालन हुने खोप अभियानमा ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकले महानगरको पायक पर्ने वडाको खोप केन्द्रमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन सक्ने महानगरले जनाएको छ । महानगरपालिकाले २५ देखि २९ जेठसम्म खोप अभियान सञ्चालन गर्नेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गराएको थियो । सरकारले यसअघि भेरोसेल खोप १८ देखि ४९ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोपको दिएको थियो । यसपटक भने चीनमा उत्पादन गरिएको भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठनले १९ वर्षमाथिका जुन उमेर समूहले लगाउन मिल्ने जानकारी दिएपछि नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो । 

 काठमाडौं महानगरपालिकाले यसरी खोप दिँदैछ

 काठमाडौं महानगरपालिकाले खोप दिने स्थानहरु यी हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप