
विपक्षी गठबन्धनका शीर्ष तीन नेताबीच देउवा निवासमा छलफल

वर्तमान राजनीतिक परिस्थितिबारे विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच छलफल जारी रहेको हो ।
उनीहरुबीच प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आव्हानबारे छलफल भइरहेको बूढानीलकण्ठ स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।
ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्चमा दायर रिट निवेदनमा प्रयोग भएको नेपाल समूहका सांसदको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको बुझिएको छ । प्रचण्ड र देउवाबीच आज मध्यान्हबाट छलफल जारी थियो ।
देउवाले नेपाललाई पनि छलफलका लागि बोलाएपछि नेपाल पनि आफू पक्षीय स्थायी समिति बैठक सकेर देउवा निवास पुगेको स्रोतले बतायो । आफ्नो समूहको स्थायी कमिटी बैठकपछि नेपाल हस्ताक्षर फिर्ता नलिइने स्पष्ट पार्न बूढानीलकण्ठ पुगेको बताइएको छ । आज विहान प्रचण्ड र नेपालबीच पनि भेटवार्ता भएको थियो । प्रचण्डसँगको भेटमा पनि नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ