बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पुलिसिचको गोलमा अमेरिकालाई नेसन्स लिग

सोमबार, २४ जेठ २०७८, १६ : ३४
सोमबार, २४ जेठ २०७८

कोनकाकाफ नेसन्स लिगको फाइनलमा मेक्सिकोविरुद्ध अतिरिक्त समयमा गोल गर्दै चेल्सीका मिडफिल्डर क्रिस्टियन​ पुलिसिचले अमेरिकालाई उपाधि दिलाउन सफल भएका छन् । दुई पटक गोलले पछि परेको स्थिति उल्टाउँदै अमेरिकाले खेल अतिरिक्तसम्म पुर्याएको थियो । २२ वर्षीय खेलाडीले पेनाल्टीबाट गोल गर्दै टोलीलाई ३–२ को जीत दिलाए ।

भिडियो एसिस्टेन्ट रेफ्रीसँग लामो छलफलपछि अमेरिकालाई पेनाल्टी दिइएको थियो । निर्णयको प्रतिवाद गरेका मेक्सिकोका प्रशिक्षक जेरार्डो मार्टिनोलाई रातो कार्ड देखाइएको थियो । खेलको अन्त्यमा मेक्सिकोले पनि पेनाल्टी पाए पनि गोलकिपर एथन होर्भाथले बचाउ गरेका थिए ।

नेसन्स लिगमा उत्तरी अमेरिका, मध्य अमेरिका र क्यारेबियन टोलीहरू समावेश हुन्छन् । यो प्रतियोगिता हरेक दुई वर्षमा आयोजना हुन्छ ।

खेलका शुरुवातमा नै मेक्सिकोका जिसुस कोरोनाले गोल गरेका थिए । तर, जियोभानी रेयनाले खेल बराबरी गरे । त्यसपछि डिएगो लाइनेजले मेक्सिकोलाई पुनः अग्रता दिलाए पनि वेस्टन म्याकेनीले खेल बराबरीमा ल्याउँदै अतिरिक्त समयमा खेललाई पुर्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप