आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेतमा जेठ ३१ सम्म लम्बियो निषेधाज्ञा

सोमबार, २४ जेठ २०७८, १६ : ३४
सोमबार, २४ जेठ २०७८

सुर्खेतमा वैशाख १४ गतेदेखि लागू गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

कोभिड संक्रमण फैलिने क्रम बढेपछि वैशाख १४ गतेदेखि सुर्खेत जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता ४ पटक निषेधाज्ञा थप गरिएको छ । यसअघि जेठ २५ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो । अहिले ३१ गतेसम्म थपिएको निषेधाज्ञामा विकास निर्माणका कामहरुमा कडाई नगर्ने निर्णय भएको छ । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार यस अवधिमा विशेषगरी विकास निर्माणका कामहरु केही खुकुलो बनाइनेछ । निषेधाज्ञामा खाद्यान्न पसलहरु हप्तामा तीन दिन बिहानको समयमा, तरकारी तथा दुधजन्य पसलहरु साताभर बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप