बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

सोमबार, २४ जेठ २०७८, १० : ००
सोमबार, २४ जेठ २०७८

नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् । 

सो स्वास्थ्य सामग्रीहरु चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग÷संगठनबाट प्राप्त भएको जनाइएको छ ।  सामग्रीहरु एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजिन, थर्मल गन। अक्सिमिटर, खालि अक्सिजन सिलिन्डर र भरेको अक्सिजन सिलिन्डर, पिपिइ सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर,  फेस सिल, केएन ९५ मास्क रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप