शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र मंगलबारबाट बिक्री खुल्ला, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?

सोमबार, २४ जेठ २०७८, १६ : ०८
सोमबार, २४ जेठ २०७८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५% आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र जेठ २५ गते मंगलबार बाट बिक्री खुला हुने भएको छ ।  बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने पनि बैंकले जनाएको छ ।

८.५% आरबीबीएल डिबेन्चर २०८३ नामको प्रतिकित्ता १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सोका लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ‘एनआईबीएल एस क्यापिटल लिमिटेड’ र निष्काशन कर्ता कम्पनी ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’को आपसी सहमतिमा बिक्री वितरण गरिने छ ।

साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिने पनि बैंकले जनाएको छ । 

छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप