प्रदेश सरकारलाई माओवादी केन्द्रको सुझाव– प्रधानमन्त्रीबाटै नाटक सिकेको भए हुन्थ्यो नि !
विराटनगर । प्रदेश १ प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले संसदभित्र नाटक गर्नुलाई कतिपय अवस्थामा स्वाभाविक मान्न सकिए पनि त्यस्तो नाटक कलाविहीन हुन नहुने बताएका छन् ।
प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भसँगै प्रदेशसभा बैठकमा दलीय रुपमा सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली नै नाटकका लागि सिपालु रहेको बताए । तर प्रदेश सरकारले त्यस्तो नाटकको सिको गर्दा प्रधानमन्त्रीबाटै कलाहरु पनि सिकेको भए हुन्थ्यो भन्ने टिप्पणी गरे ।
उनले संघीय सरकारको सिको गर्दै प्रदेश १ सरकारले प्रदेशसभालाई छलेर अध्यादेशमार्फत शासन गर्ने नाटक अवलम्बन गरेकोतर्फ आफ्ना अभिव्यक्ति केन्द्रित गरेका थिए ।
उनले फागुन २३ मा सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्र र एमाले साविककै अवस्थामा फर्किएर पनि प्रदेश सरकार बहुमत मै रहेको अवस्थामा समेत प्रदेश सरकारले यस बीचमा आफ्नो अस्तित्व देखाउन नसकेको आरोपसमेत लगाए ।
‘फागुन २३ को फैसलापछि सरकारलाई जोडघटाउ गर्नुपर्ने थिएन,’ उनले भने, ‘बहुमतमा नै थियो । सरकार कहाँ गयो भन्नेबारे कसैले पत्ता लगाउन नसक्ने गरी यो बीचमा सरकार गुमनाम भयो ।’
बजेट अधिवेशन छल्नका लागि सरकारले विभिन्न बहाना बनाएको र आफूहरुले नै ध्यानाकर्षणसहित माग गरेपछि बल्ल अधिवेशन बोलाइएको उनको भनाइ छ ।
१५ दिन अघि प्रदेशसभा बैठक नबोलाएर सरकारले आर्थिक कार्यविधि अध्यादेश किन संशोधन गरेको भन्ने प्रश्नसमेत उनले उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण