प्रदेश १ सरकारलाई काँग्रेसको प्रश्न– सरकारले नै सदन बहिष्कार गर्न मिल्छ ?
नेपाली काँग्रेसका प्रदेशसभा सदस्य राजीव कोइरालाले सरकारले नै सदन बहिष्कार गर्न मिल्छ भनेर प्रश्न गरेका छन् ।
प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई दलीय आधारमा सम्बोधन गर्दै उनले प्रदेश १ सरकारले सदनलाई लामो समय उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाए ।
प्रदेशमा यतिका धेरै समस्या र विषयहरु थुप्रिँदै गएको अवस्थामा पुस यता बल्ल प्रदेशसभा अधिवेशन बोलाएको भन्दै उनले सरकारको आलोचना गरे ।
प्रदेशसभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग भोट माग्दै गर्दा, जनतासामु गरेका प्रतिवद्धताबारे अहिले जनतालाई के जवाफ दिने भनेर उनले प्रश्नसमेत गरे । सरकारले बजेटमा विनियोजन भएको रकमसमेत प्रदेश सरकारले उपलब्ध नगराएको भन्दै गुनासो गरे । ‘पूर्वाधार विकास कोषको पैसा कहाँ गयो ? रातो किताबमा भएका सानातिना योजनाको रकम कहाँ गयो ?’ उनले प्रश्न गरे, ‘झण्डै दुई तिहाईको बहुमत कहाँ गयो ? ६ वटा प्रदेशमा दुई तिहाईको सरकार कहाँ गयो ? के भयो ?’
उनले चुरे दोहन गरेर नदीजन्य पदार्थ निर्यातमा संघीय सरकारले बजेटमार्फत गरेको व्यवस्थाप्रति पनि आपत्ति जनाए । ‘३६ सालको जनमत संग्रहमा जंगल साफ, त्यसपछि सबैको नजर खोलानाला र पानीमा छ,’ उनले भने, ‘रह्यो चुरे, त्यो पनि दोहन गरेर ढुंगा गिटीजति उतै पठाउने हो भने के रहन्छ ? देश भनेको भूगोलमात्र होइन, जनता पनि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण