प्रदेश नम्बर २ : ठाकुर पक्षका सांसद प्रदेशसभा बैठकमा अनुपस्थित

प्रदेश २ को प्रदेशसभा बैठकमा जसपाको महन्थ ठाकुर पक्ष अनुपस्थित भएको छ । आजदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा ठाकुर समूहका प्रदेशसभा सदस्य सहभागी नभएका हुन् ।
महन्थ पक्षीय सांसदहरुले पार्टी विधान विपरीत संसदीय दलको नेता चयन गरिएकाले आफूहरु प्रदेशसभाको बैठकमा सहभागी नभएको सचेतक परमेश्वर साहले जानकारी दिए । उनले अवैधानिक तरिकाले गरेको निर्णय नसच्याएसम्म प्रदेशसभाको बैठकमा सहभागी नभएको बताए ।
पार्टीको आन्तरिक निर्देशनानुसार आजको बैठकमा उपस्थित नभएको उनको भनाइ छ ।
प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गर्दै सरकारले सोमबारबाट बजेट अधिवेशन सुरु गरेको हो ।
बैठकको प्रारम्भमा दलका नेताहरूले शुभकामना दिइरहेका छन् भने यसपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजित यादवले जानकारी दिए ।
अहिलेसम्म प्रदेशसभा बैठकमा सांसद राम अशिष यादव, एमालेका संसदीय दलका नेता शत्रुधन महतो र कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद यादव आफ्नो धारणा राखेका छन् ।
बोल्ने क्रममा एमालेका संसदीय दलका नेता सत्रुधन महतोले नीति तथा कार्यक्रम अनुसार प्रदेश सरकारले बजेट चलाउन नसकेको आरोप लगाए । उनले भने– सरकारको नीति तथा कार्यक्रम एकातर्फ रहने र बजेट प्रस्तुत गरे अनुसार जनताका लागि विकास निर्माण लगायतका कामै नगरी अन्यत्र बजेट दुरुपयोग गर्दा प्रदेशको विकास भन्दा पनि केहि मन्त्रीहरु समेत मोटाएको र जनअपेक्षा अनुसार काम हुँदैन ।
उनले बजेट एकातर्फ र काम मनोमानी ढंगले विगत देखि नै भइरहेकोले यस तर्फ गम्भिर भई जन अपेक्षा अुनसार बजेट ल्याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?