प्रदेशसभामा कड्किए जसपाका सांसद, मुख्यमन्त्री संघीय सरकारको मलामी गएको आरोप
प्रदेश १ को प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकमा जनता समाजवादी पार्टीका सांसद जयराम यादव प्रदेश सरकारविरुद्ध कड्किएका छन् ।
उनले आफूहरु पनि जनप्रतिनिधि रहेको र जनताप्रति जिम्मेवार रहेको भन्दै प्रदेश सरकारका कारण जनताको बीचमा जान पनि लाज लाग्ने अवस्था भएको बताए ।
उनले संघीय सरकारकै सिको गर्दै प्रदेश सरकारले अध्यादेश मोह देखाएको आरोप पनि लगाए । कोरोना महामारीकै बीच अहिले प्रदेशसभा बैठक बसेको भन्दै उनले यही बैठकलाई केही दिन अघि बोलाएर नियमित प्रक्रियाबाट सरकारले आफ्ना काम अघि बढाएको भए के हुन्थ्यो भन्ने प्रश्न पनि गरे ।
‘समय हुँदाहुँदै पनि प्रदेश सरकार अध्यादेशबाट अघि बढेको छ,’ उनले भने, ‘यो पनि संघीय सरकारजस्तै हो ? त्यहाँ पो प्रतिनिधिसभा विघटन भएको छ, यहाँ त प्रदेशसभा जीवितै छ नि ।’
प्रदेशसभा जीवित रहेको अवस्थामा बैठक नबोलाएर अध्यादेश ल्याउनुको नियत के हो भन्ने उनको प्रश्न थियो ।
उनले निषेधाज्ञा जारी भएको यतिका दिनसम्म मजदूर वर्गले कसरी पेट पालेका छन् भन्नेबारे प्रदेश सरकारले सोधखोज नै नगरेको प्रस्ट पारे । प्रदेशमा कोरोना विरुद्धको खोपको व्यवस्था गर्न नसकेको, स्वास्थ्य पूर्वाधार बढाउने काम गर्न नसकेको भन्दै उनले प्रदेश सरकारको आलोचना गरे ।
‘प्रदेशका जनताको समस्यालाई छाडेर मुख्यमन्त्रीज्यू संघीय सरकारको मलामी हुन आफ्नो प्रदेश छाडेर, आफ्नो जिम्मेवारीबाट पन्छिएर काठमाडौं पुग्नुहुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयता खारेजीको बहसले देशलाई पुनः द्वन्द्वमा धकेल्न सक्छ : मुख्यमन्त्री पाण्डे
-
अधिकांश क्षेत्रमा सरकार असफल : आजपा
-
कोशी अस्पतालमै आँखा अस्पताल बनाउने तयारी, स्वास्थ्य मन्त्री मेहताले गरिन् स्थलगत अनुगमन
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण