मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दिलिप कुमार अक्सिजन सपोर्टमा, स्वास्थ्य अवस्था स्थिर

सोमबार, २४ जेठ २०७८, १५ : ०४
सोमबार, २४ जेठ २०७८

स्वास्थ्य खराब भएका कारण मुम्बईको एक अस्पतालमा उपचार गराइरहेका फिल्म अभिनेता दिलिप कुमारको स्वास्थ्य स्थिर छ र उनी अक्सिजन सपोर्टमा छन् ।

उनको ट्वीटर ह्यान्डलबाट सोमबार दिउँसो उनी भेन्टिलेटरमा नभई अक्सिजन सपोर्टमा भएको जानकारी दिइएको छ ।

दिलिप कुमारको स्थिति स्थिर छ र उनको केही परीक्षण गर्नुपर्ने छ ।

साथै उनको ट्वीटर ह्यान्डलबाट उनको स्वास्थ्यको विषयमा अफवाह रोक्न मद्दत गर्न मिडियालाई आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप