शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ को बजेट अधिवेशन : साना दलको यस्तो छ सुझाव

सोमबार, २४ जेठ २०७८, १५ : ०१
सोमबार, २४ जेठ २०७८

प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन सुरु भएको छ । सोमबार सुरु भएको अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा रहेका दलका तर्फबाट प्रदेशसभा सदस्यले सम्बोधन गरेका छन् ।

यसै क्रममा साना दलका रुपमा रहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल र राप्रपाका प्रदेशसभा सदस्यले कोरोना रोकथाम तथा नियन्त्रणमा संघ र प्रदेश सरकारको भूमिका प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्m ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालकी प्रदेशसभा सदस्य विष्णु तुम्वाहाम्फेले विधि, कानुन र संविधान मिचेर संघीय सरकारले गरेजस्तै प्रदेश सरकारले पनि आफ्नो आयु जबर्जस्ती लम्ब्याउने प्रयास गरेमा संघीयताको मूल्य र मान्यताविपरीत हुन जानेतर्फ सचेत गराइन् ।

संघीयता भनेकै प्रदेश रहेकाले प्रदेश सरकारले यसबारे विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । संघीय सरकारले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रको खिल्ली उडाउने काम भएको उनको आरोप छ । उनले कोभिड सकिएपछि जनताको आक्रोसको सामना गर्नुपर्ने भन्दै प्रदेश सरकारलाई सचेत गराइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य इन्दिरा राईले ठुला राजनीतिक दलमा जनताभन्दा कुर्सी प्यारो देखिएको बताइन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र विफल भइसकेको दावी गर्दै मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दु राष्ट्र नेपाल बनाउन आग्रह गरिन् । उनले २०४७ सालको संविधान स्थापित गर्दै अघि बढ्न दलहरुलाई आग्रहसमेत गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप