प्रदेश १ को बजेट अधिवेशन : साना दलको यस्तो छ सुझाव
प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन सुरु भएको छ । सोमबार सुरु भएको अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा रहेका दलका तर्फबाट प्रदेशसभा सदस्यले सम्बोधन गरेका छन् ।
यसै क्रममा साना दलका रुपमा रहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल र राप्रपाका प्रदेशसभा सदस्यले कोरोना रोकथाम तथा नियन्त्रणमा संघ र प्रदेश सरकारको भूमिका प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्m ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालकी प्रदेशसभा सदस्य विष्णु तुम्वाहाम्फेले विधि, कानुन र संविधान मिचेर संघीय सरकारले गरेजस्तै प्रदेश सरकारले पनि आफ्नो आयु जबर्जस्ती लम्ब्याउने प्रयास गरेमा संघीयताको मूल्य र मान्यताविपरीत हुन जानेतर्फ सचेत गराइन् ।
संघीयता भनेकै प्रदेश रहेकाले प्रदेश सरकारले यसबारे विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । संघीय सरकारले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रको खिल्ली उडाउने काम भएको उनको आरोप छ । उनले कोभिड सकिएपछि जनताको आक्रोसको सामना गर्नुपर्ने भन्दै प्रदेश सरकारलाई सचेत गराइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य इन्दिरा राईले ठुला राजनीतिक दलमा जनताभन्दा कुर्सी प्यारो देखिएको बताइन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र विफल भइसकेको दावी गर्दै मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दु राष्ट्र नेपाल बनाउन आग्रह गरिन् । उनले २०४७ सालको संविधान स्थापित गर्दै अघि बढ्न दलहरुलाई आग्रहसमेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोटो पत्रकारहरूका लागि सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम
-
नेपालगञ्जको विद्युत् आपूर्ति समस्या सधैँलाई समाधान गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता
-
संघीयता खारेजीको बहसले देशलाई पुनः द्वन्द्वमा धकेल्न सक्छ : मुख्यमन्त्री पाण्डे
-
अधिकांश क्षेत्रमा सरकार असफल : आजपा
-
कोशी अस्पतालमै आँखा अस्पताल बनाउने तयारी, स्वास्थ्य मन्त्री मेहताले गरिन् स्थलगत अनुगमन
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण