सुदूरपश्चिममा आयो खोपको ८५ हजार मात्रा

सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको ८५ हजार मात्रा खोप आइपुगेको छ । चीनबाट आयात गरिएको उक्त खोप सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले यहाँका नौवटै जिल्लालाई हस्तान्तरण गरिसकेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गोल्डेन असिस्टेन्ट राजेन्द्र अवस्थीले पहिलो चरणमा यहाँ ६० देखि ६४ वर्ष उमेर समूहका लागि लगाइने बताए ।
केन्द्रबाट आएको खोप जिल्लाहरुमा वितरण गरिएको छ । उहाँले सुदूरपश्चिमका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई ४५ हजार ए ९३ डोज हस्तान्तरण गरिएको बताए। आपूर्ति केन्द्रका अनुसार कैलाली स्वास्थ्य कार्यालयलाई १३ हजार ६१०, कञ्चनपुरलाई सात हजार ५७०, अछामलाई चार हजार १०२, डोटीलाई तीन हजार २० डोज हस्तान्तरण गरिएको छ ।
त्यसैगरी डडेलधुरालाई २५८, बैतडीलाई तीन हजार ७८०, दार्चुलालाई तीन हजार २४३, बझाङलाई तीन हजार १६८ र बाजुरा स्वास्थ्य कार्यालयलाई चार हजार ४४२ दिइएको छ । यसअघि सुदूरपश्चिममा कोरोना सङ्क्रमणसित अग्रपङ्क्तिमा जुध्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक लगायतलाई खोप लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृत सहभागी
-
थुनामा रहेका भुटानी शरणार्थीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्नू : सर्वोच्च अदालत
-
दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले
-
काठमाडौँ विश्वविद्यालयसँग सहमतिपछि अखिल क्रान्तिकारीको आन्दोलन फिर्ता
-
रामबहादुर बमजनले पाए सफाइ
-
श्रीमानकै योजनामा चुनुकुमारीको हत्या, धरानको जंगलमा भेटिएको थियो शव