राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा तीनजना विरुद्व किटानी जाहेरी दर्ता
सोमबार, २४ जेठ २०७८, १४ : ५१

मदिरा सेवन गराई राउटे युवतीमाथि होटलमा यौन दुर्व्यवहार गरेको आरोपमा तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीका अनुसार मानव ओसारपसार, यौन दुर्व्यवहार र जवरजस्ती करणी उद्योगमा मुद्दा चलाउन किटानी जाहेरी परेको हो ।
१९ र २३ वर्षकी राउटे युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुन विरुद्ध जाहेरी परेको हो ।
प्रवक्ता घर्तीकाअनुसार उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको र गल्तीसमेत स्वीकार गरिसकेका छन् ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्