आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

दुग्ध उद्योगहरुलाई सहुलियत कर्जा उपलव्ध गराउन आयोगको अपिल

सोमबार, २४ जेठ २०७८, १४ : ४५
सोमबार, २४ जेठ २०७८

राष्ट्रिय किसान आयोगले दुग्ध उत्पादन किसान, व्यवसायी र दुग्ध उद्योगहरुलाई सहुलियत कर्जा उपलव्ध गराउन अपिल गरेको छ । साथै दुग्ध किसानहरुको बक्यौता रकम अविलम्ब भुक्तानी गर्न समेत आयोगले सम्बन्धित निकायहरूलाई अपिल गरेको छ ।

कोभिड संक्रमणको महामारीमा परेको कृषि क्षेत्रका समस्याहरु समाधान गर्ने उद्धेश्यले जेठ १९, २०, २१ र २२ गते नेपाल सरकार र सम्बन्धित सरोकारवालहरुबीच भएको अन्तरक्रिया कार्यक्रमपछि एक विज्ञप्ति जारी गर्दै आयोगले  कृषकका समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ । आयोगले सरकारका सम्बन्धित निकाय तथा सरोकारवाला निकायहरूबाट आवश्यक नीतिगत तथा कार्यक्रमिक व्यवस्था हुन र तिनको प्रभावकारी कार्यान्वयन गर्न गर्न आग्रह गर्दै २६ बुँदे माग समेत अघि सारेको छ । 
आयोगद्वारा जारी विज्ञप्ति :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप