बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रदेश १ - प्रदेशसभाको बैठक सुरु हुन ढिलाइ, यस्तो छ बैठकको कार्यसूची

सोमबार, २४ जेठ २०७८, १४ : ३८
सोमबार, २४ जेठ २०७८

प्रदेश १ को प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठक सुरु हुन ढिलाइ भएको छ । दलहरु आन्तरिक तयारीमा जुटेका कारण २ बजेका लागि आह्वान गरिएको बैठक अहिलेसम्म बस्न नसकेको हो । बैठक बस्ने तयारी भईरहेको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

आजको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाउने कार्यतालिका रहेको छ ।
हिजो बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले  आर्थिक कार्यविधि ऐन ०७४ को दोश्रो संसोधन सम्बन्धी अध्यादेश सभामा पेश हुने, दलका नेताहरुले सम्वोधन गर्ने कार्य सूची तय भएको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बताए  ।

सत्तापक्षका ५१ जना सांसद ,नेपाली कांग्रेसका २१ जना सांसद छन् भने नेकपा माओवादी केन्द्रका १५ जना छन् । त्यस्तै जनता समाजवादीका ३ जना सांसद रहेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना र राप्रपाको १ जना सांसद छन् ।

नेकपा माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन हिजो मात्र फिर्ता लिएको छ । 
गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधवकुमार नेपाल खेमाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए ।
  सरकारबाट फिर्ता भएको माओवादी केन्द्रलाई प्रतिपक्षी बेन्चमा राख्न संसद सचिवालयले व्यवस्थापन गरेको जनाएको छ ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का को लागि ३३ अर्बको सानो आकारको बजेट ल्याउने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप