बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘मन्त्रीबाट हटाउने विषय मुख्यमन्त्रीको अधिकारको कुरा हो’

तर संसदीय दलको नेता स्वीकार गर्न बाध्य छैनौँ : जितेन्द्र सोनल, निवर्तमान मन्त्री (प्रदेश–२)
सोमबार, २४ जेठ २०७८, १४ : ०५
सोमबार, २४ जेठ २०७८

जनता समाजवादी पार्टी नेपालमा देखिएको आन्तरिक विवादको असर केन्द्रमा मात्र होइन, प्रदेशसम्म देखिएको छ  । शनिबार केन्द्रीय सरकारमा महन्थ ठाकुर पक्षका आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले सपथग्रहण गरेपछि आइतबार प्रदेश २ मा उपेन्द्र यादव पक्षको प्रदेशसभाको संसदीय दलको बैठकले महन्थ ठाकुर पक्षका जितेन्द्र सोनलसहित अन्य तीनजना राज्यमन्त्रीलाई सरकारबाट बर्खास्त गरेको छ । यी दुई घटनाले जसपा नेपाल दुई चिरा बनेको प्रष्ट रुपमा देखिएको छ । महन्थ ठाकुर पक्षमा प्रदेशमा २५ जना सांसद थिए । जसमध्ये सातजना सांसद उपेन्द्र यादवको पक्षमा लागेका छन् । यसले गर्दा बहुमतको निर्णयले हिजो संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ भने मन्त्रीमण्डलमा जिम्मेवारी हेरफेर पनि गरेको छ ।

यही सन्दर्भमा आइतबार बर्खास्तीमा परेका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री तथा जसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलसँग रातोपाटीले कुराकानीको सम्पादीत अंश :

यो न कुनै पार्टीको निर्णय हो, न कुनै गुटको । मुख्यमन्त्रीसँग मन्त्रिमण्डल पुनर्गठन विशेष अधिकार हुन्छ, त्यही अनुसार भएको हो । मुख्यमन्त्री राउतले आफ्नो अधिकार प्रयोग गरेर मन्त्रिमण्डल पुनर्गठन गर्नुभयो त्यसमा म परिँन, कुरा यति नै हो ।​

जनता समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको बैठकले तपाईंलाई सरकारबाट बर्खास्त गरेको छ । अब तपाईंको कदम के हुनेछ ?

– पहिलो कुरा, मलाई पार्टी वा पार्टीको संसदीय दलको बैठकले सरकारबाट बर्खास्त गरेको होइन । पार्टीमा कहीँ कतै त्यस्तो निर्णय भएको छैन । दोस्रो कुरा, सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो सरकार चलाउनलाई जे सजिलो लाग्यो, त्यही निर्णय गर्नुभयो । मलगायत अन्य तीनजना राज्यमन्त्रीलाई हटाउनु भयो । यो पार्टीको निर्णय होइन, मुख्यमन्त्री राउतको निर्णय अनुसार यो भएको हो ।

मलाई पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्णय गरेर सरकारमा पठाउनुभएको थियो । अब अध्यक्ष महन्थ ठाकुरको निर्देशन तथा पार्टीको निर्णय अनुसार अगाडी बढ्नेछु ।

हिजो तपाईंलाई हटाउने निर्णय पार्टीको निर्णय हो कि कुनै गुटको निर्णय हो ?

–यो न कुनै पार्टीको निर्णय हो, न कुनै गुटको । मुख्यमन्त्रीसँग मन्त्रिमण्डल पुनर्गठन विशेष अधिकार हुन्छ, त्यही अनुसार भएको हो । मुख्यमन्त्री राउतले आफ्नो अधिकार प्रयोग गरेर मन्त्रिमण्डल पुनर्गठन गर्नुभयो त्यसमा म परिँन, कुरा यति नै हो ।

पार्टीबाट नै निर्णय भएको मलाई त्यस्तो केही जानकारी आएको छैन । म जुन पार्टीमा छु त्यो पार्टीको अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ । उहाँले मलाई पार्टीमा भएको निर्णय बारे जानकारी गराउनु भएको छैन ।

मुख्यमन्त्री लालबाबु राउत जसपाको जुन पक्षबाट प्रतिनिधित्व गर्नुहुन्छ । त्यसले उहाँ र हाम्रो बीचमा केही फरक कुरा रहेको अवश्य हो । हुनसक्छ त्यसैको प्रभावमा परेर उहाँले यो निर्णय गर्नुभयो ।

मुख्यमन्त्री राउतले तपाईंलाई हटाउनुको कारण के हुनसक्छ ?

–उहाँले मलाई किन हटाउनु भयो भन्ने कुराको जवाफ त मुख्यमन्त्री नै दिनसक्नु हुन्छ । तर म जति दिन सरकारमा रहे, जे जे काम गरे त्यसको मूल्याङ्कन मधेशी जनताले पक्कै पनि गरेका छन् ।

संघीय सरकारले मधेशलाई सधै विभेदमा राख्दै विकासबाट बन्चित गर्दै आइरहेको थियो । प्रदेश २ सरकार गठन भएपछि तीन वर्षको अवधिमा भएको कामको सोशल अडिट हुनुपर्छ । गाउँगाउँ गएर  भौतिक मन्त्रालयबाट भएको कामको मूल्याङ्कन गर्नुपर्दछ । जहाँ सडक पुगेको थिएन, त्यहाँ सडक पुगेको छ । जहाँ नदीमा पुल थिएन, पुल बनेको छ । कतिपय ठाउँमा बन्दै पनि छन् । प्रदेश सरकारका नयाँ सरकारी भवनहरु निर्माण भएका छन्, कतिपय निर्माणका क्रममा छन् ।

यति भन्दै गर्दा मैले यति काम गरे पनि मलाई हटाइयो भन्ने गुनासो गर्यो भन्ने गलत अर्थ नलागोस् । तपाईंले सोधेकोमा मैले जवाफ दिने क्रममा यी कुरा भनेको हुँ ।

के पार्टीमा जारी आन्तरिक विवादको असर अहिले प्रदेश २ सरकारमा देखिएको हो ?

–यो कुरालाई इन्कार गर्न सकिँदैन । पार्टीमा जुनखालको अन्तरिक विवाद देखिएको छ, त्यसको असर सबैतिर देखिन थालेको छ । यो स्वभाविक पनि हो ।

त्यसो भए पार्टीकै विवादका कारण तपाईंहरुलाई सरकारबाट हटाइएको हो ?

–धेरैको बुझाइ त्यही हो । हामीले पनि मान्न बाध्य भएका छौं । मुख्यमन्त्री लालबाबु राउत जसपाको जुन पक्षबाट प्रतिनिधित्व गर्नुहुन्छ । त्यसले उहाँ र हाम्रो बीचमा केही फरक कुरा रहेको अवश्य हो । हुनसक्छ त्यसैको प्रभावमा परेर उहाँले यो निर्णय गर्नुभयो ।

राउतलाई जनता समाजवादी पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनविपरित संसदीय दलाको नेतामा चयन गरिएको हो । यद्यपि वहाँ संसदीय दलको नेतामा चयन भएको विषयमा मलाई कुनै आधिकारिक जानकारी आएको छैन । मैले पनि सञ्चारमाध्यमबाट नै जानकारी पाएको हुँ । तर म यो कुरा बोल्डली भन्न सक्छु उहाँलाई विधान र ऐनमा उल्लेख प्रकृयालाई मिचेर संसदीय दलको नेता बनाइएको हो ।

त्यसो भए के अब पार्टी विभाजन भयो भनेर बुझ्ने हो ?

–अहिले नै यो प्रश्नको जवाफ दिनु हतार हुन्छ किनभने पार्टी विवादको मुद्दा अहिले निर्वाचन आयोगमा पुगेको छ । हेरौँ निर्वाचन आयोगले कस्तो निर्णय गर्छ ।

प्रदेशसभामा तपाई पूर्व राजपाको तर्फबाट संसदीय दलको नेता हुनुहुन्थ्यो, जसपा समायोजनपछि नयाँ संसदीय दलको नेता चयन गर्ने कुरा भइरहेको थियो त्यसको दाबेदार तपाई पनि हुनुहुन्थ्यो अहिले बहुमतबाट लालबाबु राउतलाई जसपा नेपालको संसदीय दलको नेता बनाइएको छ । यसमा तपाईको धारणा के छ ?

–राउतलाई जनता समाजवादी पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनविपरित संसदीय दलाको नेतामा चयन गरिएको हो । यद्यपि वहाँ संसदीय दलको नेतामा चयन भएको विषयमा मलाई कुनै आधिकारिक जानकारी आएको छैन । मैले पनि सञ्चारमाध्यमबाट नै जानकारी पाएको हुँ । तर म यो कुरा बोल्डली भन्न सक्छु उहाँलाई विधान र ऐनमा उल्लेख प्रकृयालाई मिचेर संसदीय दलको नेता बनाइएको हो ।

त्यसो तपाईंले संसदीय दलको नेताको रुपमा लालबाबु राउतलाई स्वीकार गर्नुहुन्न ?

–स्वीकार र अस्वीकार गर्ने कुरा जब आउँछ तब त्यसको आधिकारिक जानकारी आउँछ । अहिलेसम्म संसदीय दलको नेता चयन भएको जानकारी आएको छैन । मिडियामा सुनेको  र पढेका आधारमा आधिकारिक धारणा बनाउनु हुँदैन । म हिजो दिनभरि मधेश भवनमै थिए, हाम्रा अन्य साथीहरु पनि त्यही हुनुहुन्थ्यो । तर निर्णय प्रकृयामा कसैलाई बोलाएन । हिँड्दा हिँड्दै सडकबाट कसैले केही बनाइ हाले भने त्यसलाई मान्न कोही बाध्य हुनेछैन । पार्टी छ, पार्टीको बैठक बसोस्, त्यसमा सबैलाई बोलाइयोस्, प्रकृया अनुसार प्रस्ताव गरियोस् त्यसमा छलफल होस् । छलफलबाट जे कुरा आउँछ त्यसलाई मात्र सबैले मान्यता दिनेछन् । कोही हिँड्दा हिँड्दै कसैबाट छलछामले हस्ताक्षर गराएर कुनै निर्णय गराए भए त्यसलाई मान्य बाध्य हुँदैनौ । राजनीति भनेको छलछाम होइन, एउटा सेवा हो, राजनीति भनेको एउटा दृष्टिकोण हो, एउटा भरोसा हो । यी सबै मिलेर राजनीति बनेको हो । यी सबैलाई मिचेर अगाडि बढ्यो भने त्यो त्यतिकै अस्वीकार हुनेछ ।

केन्द्रमा पनि तपाईंका पक्षका नेताहरुले राजेन्द्र महतोलाई यसैगरी संसदीय दलको नेता बनाएका छन् । यसमा तपाईको के धारणा छ ?

–हो बनाइएको हो । उहाँलाई पार्टीको पद्धती र प्रक्रिया अनुसार संसदीय दलको नेता चयन गरिएको हो । यदि गलत हो भने त्यसको फैसला दिने अधिकार निर्वाचन आयोग र संसद सचिवालयको हो । त्यहाँ यसको मुद्दा पुगेको छ । दुवै ठाउँमा पार्टीको दुवैतर्फबाट जानकारी गराइएको छ । त्यहाँबाट जे निर्णय आउँछ त्यो सबैले स्वीकार गर्नुपर्छ । 

पार्टीमा जे जस्तो अहिले भइरहेको छ त्यसले मधेशमा के सन्देश गएको छ ?

–मधेशी जनताले दुवै पार्टी अलग अलग भएपनि यसलाई गठबन्धनको रुपमा स्वीकार गरिएका थिए । २०७४ को चुनावमा मधेशी जनताले तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीलाई गठबन्धनको रुपमा स्वीकार गरिएको थियो । पार्टीका कुनै पनि नेता चुनाव जित्नु भएको छ त्यो आफ्नो पार्टीको भोटले मात्र चुनाव जित्नु भएको छैन ।

उपेन्द्र यादवले पनि राजपा नेपालको मतले चुनाव जित्नु भएको छ भने राजेन्द्र महतो र महन्थ ठाकुरले पनि समाजवादी पार्टीको मतले चुनाव जित्नु भएको छ । म पनि चुनाव जितेको छु, तत्कालिन राजपाको मतले मात्र होइन, समाजवादी पार्टीले पनि दिएको मतबाट जितेको हुँ । मुख्यमन्त्री लालबाबु राउत पनि राजपा नेपालको मतबाट जित्नु भएको हो । अर्थात् गठबन्धनलाई मत दिएर यत्रो शक्तिशाली पार्टी बन्यो । गठबन्धन हुँदै पार्टी एकीकरण भयो तर एकीकरण भएपछि केही नेताले त्यसलाई आफ्नो व्यक्तिगत लाभका प्रयोग गरिरहनु भएको छ । यसले पक्कै पनि मधेशी जनताको मनोविज्ञानमा असर पारेको छ र भविष्यामा त्यसको प्रभाव अवश्य देखिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप