ओलीको राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेछ : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको साँचो विखण्डनकारीलाई बुझाएको आरोप लगाएका छन् । बहुल राष्ट्रमुक्ति संग्राम भन्दै विखण्डनतिर हिँडेकालाई सरकारमा ल्याएर ओली विखण्डनको मतियार बनेको उनको आरोप छ ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री बनेपछि बहुल राष्ट्रमुक्ति स्रगामको तयारी गर्ने बताएका थिए । त्यसलाई लक्षित गर्दै सोमबार सामाजिक सञ्जालमा नेता पौडेलले ओली राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेको बताएका हुन् ।
‘बहुल राष्ट्र मुक्ति संग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन्,’ पौडेलले लेखेका छन् ।
नेता पौडेलले सत्तालाई नभई व्यवस्थालाई महत्व दिउँ भन्नेले नै अहिले चुरे ध्वस्त पार्न लागेको बताए । उनले भनेका छन्, ‘सत्ता होइन व्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ ।’
सत्ताको पछि भौतारिँदै ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेश नै गुमाउने र डुवाउने बाटोतिर लागेको उनको भनाइ छ । सरकारले वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यून गरिने नीति लिएपछि चर्को विरोध भइरहेको छ ।
यस्तै प्रधानमन्त्री ओली पौडेलले साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने नीति लिएको बताए ।
आयोडिन युक्त नुन आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय एवं न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरणलाई प्रतिस्पर्धी बनाइने सरकारी नीतिको पनि विरोध भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)