शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टिका सानुले ल्याइन् ‘आकासै राम्रो जुन लाएर’

सोमबार, २४ जेठ २०७८, १३ : ०७
सोमबार, २४ जेठ २०७८

गायिका टिका सानु, सम्झना कँडेल र गायक सुन्दर परियारको स्वरमा रहेको लोक गीत ‘आकासै राम्रो जुन लाएर’ सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडी बीचको प्रेमको भावना समेटिएका छन् । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।

गीतको भिडियोमा गायिका टिका र सम्झनाको अलवा मानसिंह खड्का, किरण मगर, मनिषा र सजिनाको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाँकन, विनोद बमको सम्पादन रहेको भिडियो मानसिंह खड्काले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप