शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सङ्क्रमण घटेसँगै शुरु भयो ओपिडी सेवा

सोमबार, २४ जेठ २०७८, १२ : ४७
सोमबार, २४ जेठ २०७८

कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन ल्याएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो । कोरोना भाइरस सङ्क्रमण घटेसँगै  आइतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले जानकारी दिए। 

उनका अनुसार, कोरोना भाइरस सङ्क्रमणका बिरामी आउन कम भएपछि पहिले झै नियमित रुपमा ओपीडीलगायत सेवा शुरु भएको हो । अब अस्पतालले कोरोना भाइरस सङ्क्रमित र सङ्क्रमित नभएका दुबैको उपचार सेवा नियमित गर्नेछ । यसअघि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमित नभएका र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित भएका बिरामीको उपचार हुँदै आएको थियो । 

नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरले कोरोना सङ्क्रमित बिरामीको उपचार, शल्यक्रियालगायत सेवा दिइरहेको थियो । शिक्षण अस्पताल नेपालगञ्जमा भने पहिले देखि नै ओपीडीलगायत सेवाको निरन्तरता थियो । कोरोना उपचार केन्द्रका रुपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालको ओपीडी सेवा भने अझै सञ्चालन हुन सकेको छैन ।

बाँके जिल्लामा कोरोना सङ्क्रमण दर घटेको जस्तो देखिएपनि छिमेकी जिल्लाहरूबाट प्रेषण भएर आउने बिरामीको चाप घट्न नसकेकाले जोखिम कायमै रहेको अस्पतालका कोभिड स्रोत व्यक्ति डा। संकेत रिसालले बताए । उनका अनुसार, भेरी अस्पतालमा १४२ शय्याको कोभिड वार्डमा अहिले पनि १३६ बिरामी उपचाररत छन् । तीमध्ये ९० प्रतिशत बढीलाई अक्सिजन सहायतामा उपचार भइरहेको बताइएको छ । कोराना भाइरस सङ्क्रमणका कूल बिरामीमध्ये ४० प्रतिशत भन्दा बढीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप