मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोकसेवाः स्थानीय तहतर्फको सहायक स्तर पाँचौ तहको नतिजा प्रकाशन

सोमबार, २४ जेठ २०७८, १२ : ३१
सोमबार, २४ जेठ २०७८

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश हेटौंडाले स्थानीय तहतर्फको सहायक स्तर पाँचौ तहको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ ।  
आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले सोमबार स्थानीय तह अन्तर्गतको सहायक स्तर पाँचौ तहको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

उक्त तहको पहिलो चरणको परीक्षामा सहभागी कुल ५ हजार ९ सय १८ जना मध्ये ३ हजार २ सय ४१ जना उत्तिर्ण भएको प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौंडाले जनाएको छ । 
त्यस्तै आयोगले उत्तरपुस्तिकामा की नलेखेको भन्दै २२ जनाको उत्तरपुस्तिका रद्द गरेको छ ।

आयोगले गत २०७७ फागुन ८ गते स्थानीय तहतर्फको विज्ञापन नं. २२८–२३२/०७७–७८ (खुला तथा समावेशी), एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन÷लेखा समूह सहायकस्तर पाँचौ तह, सहायक पाँचौ÷लेखापाल÷आ.ले.प.पदको प्रथम चरणको परिक्षा संचालन गरेको थियो ।

उक्त तहको दोस्रो चरणको परिक्षा भने कोरोना संक्रमणको जोखिमका कारण अन्यौल भएको छ ।
आयोगले यसअघि एक सूचना जारी गर्दै कोरोनाको संक्रमणको दोस्रो लहरको जोखिमका कारण सबै तहको परिक्षा स्थगित गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप