बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भेरोसेल खोप भाेलिदेखि : कुन दिन कुन उमेर समूहकाले लगाउने ?

सोमबार, २४ जेठ २०७८, १२ : २३
सोमबार, २४ जेठ २०७८


सरकारले जेठ २५ गते अर्थात भोलिदेखि देशभर कोरोनाभाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान देशभर सञ्चालन गर्ने भएको छ । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।    

कोरोनाविरुद्धको खोप अभियान देशभर जेठ २९ गतेसम्म सञ्चालन हुनेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गराएको थियो । सरकारले यसअघि भेरोसेल खोप १८ देखि ४९ वर्ष उमेर समूहका नागरिकलाई ८ भेरोसेल खोपको दिएको थियो । यसपटक भने चीनमा उत्पादन गरिएको भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठनले १९ वर्षमाथिका जुन उमेर समूहले लगाउन मिल्ने जानकारी दिएपछि नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो ।  

 काठमाडौँ महानगरपालिकाले यसरी खोप दिँदैछ

तोकिएको मितिमा उमेर खुल्ने फोटोसहितको सरकारी कागजात वा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोप केन्द्रमा जान सरकारले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप