शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठमा मङ्गलबारदेखि खोप लगाइने

सोमबार, २४ जेठ २०७८, ११ : ५६
सोमबार, २४ जेठ २०७८

बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको  चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । 

साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ ।
 
नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । 

ती खोप गणेश  मावि वडा नं २, गणेशचोक,  र नेशनल आइडियल बोर्डिङ स्कूल, वडा नं ९, मण्डिखाटार र बालउद्धार मावि वडा नं १०, कपनबेखबाट उपलब्ध गराइने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप