शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

३६ दिनपछि पनि कोरोनासँग लड्दै अभिनेता अनिरुद्ध देव

सोमबार, २४ जेठ २०७८, ११ : १८
सोमबार, २४ जेठ २०७८

मुम्बई । अभिनेता अनिरुद्ध देवको कोरोनासँगको लडाई अहिले पनि जारी छ । उनी अस्पताल भर्ना भएको ३६ दिन भएको छ । तर पनि उनी अझै ठिक भएका छैनन् । पहिले भन्दा उनको स्वास्थ्य अवस्थामा केही सुधार भने आएको छ ।

अनिरुद्धले सामाजिक संजालमा अस्पतालको एक तस्बिर शेयर गर्दै स्वास्थ्यको अपडेट गराएका छन् । जसका उनले लेखेका छन् ‘३६ दिनमा पछि लडाई जारी छ । अक्सिजन पनि खुल्ला छ । बिस्तारै रिकभर भइरहेको छ ।’

डाक्टरले धेरै कुरा नगर्न सुझाएको बताएका उनले आफुलाई नयाँ जिन्दगी मिलेको समेत बताएका छन् । उनले अगाडि भनेका छन् ‘कुनै नयाँ बच्चा जस्तो महशुस गर्दैछु । अब म हिँड्ने प्राक्टिस गर्छु ।’

कामको कुरो गर्ने हो भने अनिरुद्धले ‘राजकुमार आर्यन’, ‘वो रहने वाली महलोकी’, ‘रुक जाना नही’, ‘सुर्य पुत्र कर्ण’, ‘प्यारेका टसन’लगायत थुप्रै शोमा काम गरेका छन् । उनी ‘तेरेसँग र ‘प्रणाम’ जस्ता फिल्ममा पनि देखिएका थिए । उनी अव अक्षय कुमारको एक फिल्ममा पनि देखिने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप