बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जिम नजाने ऐश्वर्या ४७ वर्षसम्म कसरी भइन् फिट ?

सोमबार, २४ जेठ २०७८, ११ : १०
सोमबार, २४ जेठ २०७८

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चनको सुन्दरताले धेरैलाई लोभ्याउँछ । ऐश्वर्याको सुन्दरताले मानिसलाई मोहित मात्र बनाउँदैन उनको सुन्दरतालाई देखेर धेरैजना अचम्मित पनि पर्ने गरेका छन् । उनी एक छोरीकी आमा पनि हुन् । उमेरले ४७ वर्ष टेकेकी ऐश्वर्या जिम पनि जाँदिनन् । तर, उनी कसरी यति फिट रहिन् ? 

ऐश्वर्या फिट रहनका लागि नियमित रुपमा योगा गर्ने गरेको भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ । उनी डाइट चार्ट पनि नियमित रुपमा फलो गर्छिन् । 

ऐश्वर्या रायको फिटको राज
ऐश्वर्या राय जगिन र ब्रिस्क वाक गर्ने गर्छिन् । उनी नियमित रुपमा हिँड्ने गर्छिन् । उनी ४५ मिनेट योगासन गर्ने गर्छिन् । तौल नियन्त्रण भएन भने उनी कहिलेकाँही जिम जान्छिन् । उनी घरमा नै कार्डियो एक्सरसाइज गर्ने गर्छिन् । उनी पावर योगासन गर्न मन पराउँछिन् । 

ऐश्वर्याको डाइट रुटिन
फिट रहनका लागि ऐश्वर्या दिनको सुरुवात मनतातो पानीबाट गर्ने गर्छिन् । उनी हरेक दिन बिहानको खाजा खाने गर्छिन् । उनी बिहान प्रोटिन र फाइबरयुक्त खानेकुरा खाने गर्छिन् । 

के खाँदिनन् ऐश्वर्या 
ऐश्वर्या फास्ट फुड, धेरै तारेको, जंक फुड जस्ता खानेकुरा कहिल्यै खाँदिनन् । जसले गर्दा शरीर फिट रहन र फ्याट बढ्न दिँदैन । लामो समयसम्म स्वस्थकर खाना खाँदा सुन्दरतामा कुनै असर पर्दैन । 

ऐश्वर्याको खाना
ऐश्वर्या एकै समयमा धेरै खाना खाँदिनन् । उनी विस्तारै विस्तारै थोरै थोरै खाना खाने गर्छिन् । जसले गर्दा खानामा भएको पोषक तत्व शरीरमा लाग्न पाउँछ । र पचाउन पनि सजिलो हुन्छ । उनी साधारण खाना खाने गर्छिन् । जसमा उमालेको सागसब्जी, दाल, रोटी र सलाद पर्छ । उनी रातिको खाना पनि निकै हल्का लिने गर्छिन् । उनी रातिको खाना पनि छिट्टो खाने गर्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप