शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बजेट कार्यान्वयनमा चुनौती छः पूर्वअर्थ सचिव सुवेदी

सोमबार, २४ जेठ २०७८, १० : ५७
सोमबार, २४ जेठ २०७८

आर्थिक वर्ष २०७८/७९ को बजेट सुन्नमा धेरै राम्रो र सबैलाई खुशी पार्ने खालको आएपनि त्यसको कार्यान्वयनमा भने ठूलो चुनौती रहेको पूर्वअर्थ सचिव डा.शान्तराज सुवेदीले बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको भर्चुअल कार्यक्रममा आफ्नो अनुभवसहित धारणा व्यक्त गर्दै डा.सुवेदीले यस्तो बताएका हुन् । 

बजेट कार्यान्वयनको विगत ५ वर्षको अनुभवको फेहरिस्त प्रस्तुत गर्दै डा.सुवेदीले अहिलेको राजनीतिक तरलताका बीच थप कोरोना महामारीका कारण लोकप्रिय बजेट कार्यान्वयनमा अझ बढी चुनौती रहेको बताए ।

हालसम्म विनियोजित बजेटको ८० प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुन नसकिरहेको अवस्थामा अधिकतम ४० प्रतिशत बढी खर्च आर्थिक वर्षको अन्तिम अर्थात असार महिनामा मात्र हुने गरेको उनको भनाइ छ । यसले विकास खर्च नभएर बजेट खर्चका लागि खर्च मात्र हुने गरेको उनको धारणा छ ।

यस्तो छ सुवेदीको नजरमा बजेट कार्यान्वयनका चुनौतीहरु
–अहिलेको राजनीतिक परिस्थितिका कारण यही सरकार आर्थिक वर्षको अन्तिसम्म रहने सम्भावना नभएको र आउने नयाँ सरकारले बजेटलाई आत्मसात गर्न नसक्ने,
–निर्वाचनमा होमिएको सरकारले ल्याएको बजेट कार्यान्वयनमा समस्या पर्ने, जबकी व्यवहारिक, राजनीतिक दल निर्वाचनमा केन्द्रित हुँदै गर्दा बजेट कार्यान्वयनमा महत्वपूर्ण भूमिका रहने कर्मचारी समेत निर्वाचन गराउन केन्द्रित हुने हुँदा बजेट कार्यान्वयनमा समस्या आउन सक्ने
–बजेट कार्यान्वयनमा विषयगत मन्त्रालयहरूमा उदासीनताको समस्या, आर्थिक वर्षको बजेट कार्यान्वयनमा मन्त्रालयहरुले असार मसान्तसम्म आवश्यक बजेट कार्यान्वयनको खाका, तालिका तथा कार्ययोजना बनाई सक्नु पर्ने र साउन १ गतेदेखि बजेट कार्यान्वयनमा जानुपर्ने हुन्छ । तर, यस्तो तयारी मन्त्रालयहरूमा देखिदैन ।
–मन्त्रालयहरु बीचको समन्वयको अभाव, बजेट कार्यान्वयनमा एक मन्त्रालयले अर्को मन्त्रालयलाई सहजीकरण गर्नुपर्ने हुन्छ । तर, विगतका अनुभवहरुले त्यस्तो देखाएको छैन । अहिले पनि सोही समस्या दोहोरिने देखिन्छ ।
–गैरबजेटरी बजेट समस्या
–रकमान्तरको समस्या
–सार्वजनिक खरिद ऐनको समस्या
–वातावरणय प्रभाव मूल्याङ्कनको समस्यासँगै आयोजना तथा परियोजना प्रभावित क्षेत्रको मुआब्जा व्यवस्थापनको समस्या लगायतका समस्याहरु रहेका छन् ।
यी विषयहरुलाई बेलैमा ध्यानमा राखि सुधार गर्न सके बजेट कार्यान्वयनमा सहज हुने डा.सुवेदीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप