महन्थ ठाकुर पक्षीय मन्त्रीको बर्खास्तीपछि मुख्यमन्त्री राउतले गरे कार्य विभाजन
प्रदेश नम्बर २ मा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षीय मन्त्रीलाई बर्खास्त गरी मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन गरेका हुन् । ४ मन्त्री बर्खास्त र कार्य विभाजन गर्ने प्रदेश सरकारको निर्णय आइतबार राति नै प्रदेश प्रमुख राजेश झाले सदर गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता होम प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी आफै सम्हालेका छन् ।
यसअघि भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी बर्खास्तीमा परेका जितेन्द्र सोनलले सम्हाल्दै आएका थिए । यस्तै विजय यादव आर्थिक मामिला तथा योजना मन्त्री कायम छन् । यसैगरी ज्ञानेन्द्र कुमार यादव आर्थिक मामिला तथा योजना, शैलेन्द्र साह भूमि व्यवस्था कृषि तथा सहकारी, नवल किशोर शाह सामाजिक विकास र रामनरेश राय उद्योग, पर्यटन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा कायम रहेका छन् ।
यसैगरी राज्यमन्त्रीहरुमा सरोज सिंह (आन्तरिक मामिला तथा कानुन), योगेन्द्र राय यादव (भूमि व्यवस्था तथा सहकारी) र उषा यादव (आर्थिक मामिला तथा योजना) कायम रहेका छन् ।
जसपामा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच उत्पन्न विवादले पार्टी विभाजनको डिलमा पुगेका बेला मुख्यमन्त्री राउतले ठाकुर पक्षी मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । उपेन्द्र पक्षले नेपाली काँग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्य गरेर अगाडि बढ्ने तयारी थालेको छ ।
त्यसका लागि अध्यक्ष उपेन्द्र यादव पनि जनकपुरमै रहेका छन् । काठमाडौं काँग्रेस र माओवादी नेतृत्वसँगको भेटवार्तापछि यादव जनकपुरमा काँग्रेस र माओवादीका सांसदसँग छलफल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?