बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलमा १२–१६ वर्ष उमेरका बालबालिकालाई कोभिड विरूद्धको खोप दिन सुरू

आइतबार, २३ जेठ २०७८, २३ : ५६
आइतबार, २३ जेठ २०७८

इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णय अनुसरण गर्दै इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो । 

इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि शुरु गरिएको थियो । पहिलो चरणमा मेडिकल स्टाफ, ६५ वर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो । त्यस बेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ र १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो । 

इजरायलमा शनिबारसम्ममा करीव ५४ लाख ६० हजार मानिसहरूले फाइजरको खोप लगाइसकेका छन् । यो सङ्ख्या कुल जनसंख्याको ५८.५ प्रतिशत हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप