शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा अखिल क्रान्तिकारीद्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन, ८ जना पक्राउ

आइतबार, २३ जेठ २०७८, २३ : ४४
आइतबार, २३ जेठ २०७८

दाङमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ । चुरे दोहन रोक्नुपर्ने र उपप्रधानमन्त्री महतो अभिव्यक्तिको विरोधमा विद्यार्थी संगठनले आइतबार बेलुका घोराहीमा मसालजुलुस निकाल्दै पुत्ला दहन गरेको हो । पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

हस्तक्षेपका क्रममा अनेरास्ववियू क्रान्तिकारी दाङका संयोजक जंग रोकासहित ८ विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप