प्रदेश नम्बर २ मा चार मन्त्री बर्खास्त

प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल सहित ४ मन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ मन्त्री सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन् ।
मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएको विषयमा प्रदेश प्रमुख डा.राजेश झा अहिराजलाई जानकारी गराएका छन् । मुख्यमन्त्री राउतले जानकारी दिएलगत्तै प्रदेश प्रमुखको कार्यालयले मौजुदा मन्त्रिपरिषदको सूचीसमेत प्रकाशित गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयले प्रकाशित गरेको सूची अनुसार तत्काल भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने भएका छन् । प्रदेश प्रमुख झाले चार मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्राप्त भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने