आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा चार मन्त्री बर्खास्त

आइतबार, २३ जेठ २०७८, २३ : २९
आइतबार, २३ जेठ २०७८

प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल सहित ४ मन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ मन्त्री सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएको विषयमा प्रदेश प्रमुख डा.राजेश झा अहिराजलाई जानकारी गराएका छन् । मुख्यमन्त्री राउतले जानकारी दिएलगत्तै प्रदेश प्रमुखको कार्यालयले मौजुदा मन्त्रिपरिषदको सूचीसमेत प्रकाशित गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयले प्रकाशित गरेको सूची अनुसार तत्काल भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने भएका छन् । प्रदेश प्रमुख  झाले चार मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्राप्त भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप