प्याब्सन, एनप्याब्सन र मिदास बीच सहकार्यः अब यी व्यक्तिले पाउनेछन् मेरो डाक्टर–अनलाइन भिडियो कन्सल्टेसन सेवा
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजीको सहकार्यमा कुनैपनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था मिलाएको छ ।
विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर मेरो डाक्टर–अनलाइन भिडियो कन्सल्टेसन सर्भिस मार्फत कुनैपनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क मिलाइएको छ ।
मिदास टेक्नोलोजीले सञ्चालनमा ल्याएको मेरो डाक्टरमा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध हुनेछन् । बिरामीहरुले मोबाइल अथवा ल्यापटप मार्फत् कुनै पनि समय र स्थानबाट मेरो डाक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरूसँग समय लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नेछन् ।
मेरो डाक्टरबाट सेवा कसरी लिने ?
-बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत कुनै पनि समय र स्थानबाट यो टेलिमेडिसिनको सेवा लिन सक्नेछन् ।
-यदि एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट मेरो डाक्टर एप डाउनलोड गर्न सकिन्छ ।
-इओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर मेरो डाक्टर एप डाउनलोड गर्न सकिन्छ ।
-ल्यापटप वा डेस्कटपबाट यो सेवा लिन चाहेमा मेरो डाक्टर डटकम टाइप गरेर यो सेवा लिन सकिन्छ ।
-मेरो डाक्टर कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा मेरो डाक्टर डटकम /हेल्प थप मद्दत गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ