शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले एकताको आह्वानमा सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त

आइतबार, २३ जेठ २०७८, २२ : ०२
आइतबार, २३ जेठ २०७८

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीप्रति नेपाली जनताको अपार विश्वास रहेको बताएका छन् । उनले उनले एमालेलाई सुदृढ गरेर मात्रै कम्युनिस्ट आन्दोलनलाई बलियो र एकताबद्ध बनाउन सकिने भन्दै यसो गरिएमा मुलुकको लोकतन्त्र पनि सुदृद्ध हुन सक्ने दावी गरेका छन् । 

पार्टी एकताका लागि एक आह्वान गर्दै ओलीले पार्टीलाई किमार्थ कमजोर बन्न दिन नहुने बताएका छन् ।  ओलीले पार्टी एकताका लागि गरेको आह्वानमा असन्तुष्ट पक्षका माधव कुमार नेपालसहितका नेताहरुको नाम कहीँकतै उच्चारण गरेका छैनन् । बरु काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र सर्वोच्चमा दायर भएको रिटमा समावेश भएको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप