शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ राहत कार्यका लागि राष्ट्रिय आविस्कार केन्द्रसँग सहकार्य गर्दै ब्रिटिश कलेज

आइतबार, २३ जेठ २०७८, २१ : १७
आइतबार, २३ जेठ २०७८

काठमाडौं । द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् । दुवै संस्थाले संयुक्त रुपमा मिलेर नेपालको वर्तमान संकटको अवस्थामा सहयोगको निम्ती नेशनल इनोभेशन सेन्टरलाई थप उर्जाशिल बनाउन र राहतकार्यलाई अझ सुदृढ पार्नको लागि एक परियोजना अगाडि बढाउने भएका छन् ।

कलेजका निर्देशक महेन्द्र राज कँडेलले नेशनल इनोवेशन सेन्टरसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए । उनले ब्रिटिश कलेजले लामो समयदेखि यस्ता प्रकारको साझेदारी र सामाजिक कार्यहरू गर्दै आएको र कोभिड १९ विरूद्ध लड्न यसले धेरै सहयोगी भूमिका खेल्ने बताए। 

सामूहिक रूपमा, टीबीसी र एनआइसीले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने लक्ष्य राखेको छ ।

यो संकटको समयमा आम मानिसलाई आवश्यक सेवाहरू प्रदान गरिने बताइएको छ । यसका लागि टीबीसीले राष्ट्रिय आविस्कार केन्द्रलाई अनुदान दिनेछ । यो उद्देश्य प्राप्तिका लागि एनआइसीले सांगठनिक र व्यक्तिगत रुपमा निरन्तर अनुसन्धान गर्दै योगदान गर्ने जनाउको छ ।

कोभिड राहतको क्षेत्रमा नयाँ घटनाक्रमको बारेमा अनुसन्धान गर्ने, फ्रन्टलाइन खटेर काम गर्नेहरूलाई सहयोग पु¥याउन सुरक्षात्मक उपकरण विकास गर्ने, र भेन्टिलेटरजस्ता सान्दर्भिक चिकित्सा उपकरणहरू मर्मत गर्ने र ल्याउने कामलाई  सञ्चालनमा ल्याउने पनि कलेजले जनाएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप