रवि रिमालको जनता समर्पित गीत ‘नेताज्यु तिमीलाई माझी औँला’
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको कारण देश विगत एक महिना लामो समयदेखि निषेधाज्ञामा छ । निषेधाज्ञाका कारण सर्वसाधारणमा विभिन्न असर परेको छ । रोगले मार्ने त एकातिर छँदैछ, भने भोकले मर्ने अवस्था समेत निम्तिने अवस्था छ ।
देशमा भने भ्रष्टाचार, महँगी लगायत दिन प्रतिदिन बढ्दो छ । यस्तै राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै गायक रवि रिमालले ‘नेताज्यु तिमीलाई माझी औँला’ बोलको बनाएका छन् । गीतमा उनलाई र्याप गायनमा आयुस प्रतिक अधिकारीले साथ दिएका छन् । गीतमा शब्द, संगीत, संगीत संयोजन तथा म्युजिक भिडियो निर्देशन गायक रिमालकै रहेको छ ।
सँधैजसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिंदै आएका गायक रिमालले यसपाली केही फरक गीत ल्याएका हुन् । गीतमा रोग, भोक अनि शोकमा डुबेका तीन करोड नेपालीको पीडा पनि छ । सुमनकुमार श्रेष्ठको छायाँकन रहेको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी