बुधबार, १२ असार २०८१
ताजा लोकप्रिय

कर्णालीमा संक्रमण निरन्तर ओरालोतिर, थप ४५८ जनाले जिते कोरोना

आइतबार, २३ जेठ २०७८, १९ : ०१
आइतबार, २३ जेठ २०७८

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ भने  जित्नेको संख्या बढिरहेको छ । पछिल्ला केही सातादेखि निरन्तर कोरोना जित्नेहरूको संख्यामा वृद्धि भएको छ । आज एकैदिन प्रदेशभर ४५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

यस्तै पछिल्लो  २१६ जनामा गरिएको आरटी पीसिआर परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको छ भने ६१५ जनामा गरिएको एन्टिजेन विधिबाट  भने थप १३९ जनामा पुष्टी भएको छ ।
 
योसँगै पछिल्लो २४ घण्टामा २८९ जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६८ पुगेको निर्देशनालयले जारी विज्ञप्तीमा उल्लेख छ । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप