बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुर्घटना गराएर फरार प्रदेशसभा सदस्यका छोरा पक्राउ, मदिरा सेवन गरेर चलाएका थिए कार

आइतबार, २३ जेठ २०७८, १८ : ४८
आइतबार, २३ जेठ २०७८

विराटनगरमा एक भारतीय नागरिकको मृत्यु हुनेगरी सवारी दुर्घटना गराई  फरार रहेका चालक  रोबिन भनिने रविन कार्कीलाई चार दिनपछि प्रहरीले पक्राउ गरेको छ ।

कार्कीलाई आइतबार अपरान्ह विराटनगरको बरगाछीस्थित घरबाट नै पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । 

बिहीबार राति साढे सात बजे प्रदेश सांसद कार्कीले मदिरा सेवन गरि चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए । 

एसपी  खड्काले कार्कीलाई आजै मोरङ अदालतमा म्याद थप गर्न लगेको छ । प्रहरीले दिएको जानकारी अनुसार कार्कीलाई ‘सावारी ज्यान मुद्दामा’ म्याद थप गरिने भएको छ ।
‘दुर्घटनामा संलग्नलाई पक्राउ गरि अहिले म्याद थप गर्न अदालत लिएर गएको छ,’ एसपी खड्काले भने, ‘म्याद गरेपछि थप अनुसन्धान गरिनेछ ।’

मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन्। दुर्घटना गराउने कार्की प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा  हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप