शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डेनमार्कले नेपाललाई १४ लाख डोज एस्ट्राजेनेका खोप दिने

आइतबार, २३ जेठ २०७८, १८ : ०१
आइतबार, २३ जेठ २०७८

डेनमार्कले नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान सहयोगमा उलब्ध गराउने भएको छ । डेनमार्क सरकारले युनिसेफमार्फत नेपाललाई १४ लाख खोप उपलब्ध गराउन लागेको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा.भिम सिंह तिंकरीले जानकारी दिए । 

डेनमार्क सरकारले पत्र पठाइसकेको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. तिंकरीले बताए । एस्ट्राजेनेका खोपका लागि युनिसेफलाई स्वास्थ्य सेवा विभागले पत्र पठाएको छ । युनिसेफबाट पत्रको जवाफ आउन बाँकी रहेको उनले बताए ।  
यस्तै अमेरिकाले पनि नेपाललाई कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको उनले सुनाए । सरकारले जेठ २५ गतेबाट चीन सरकारले अनुदान सहयोग दोस्रो पटक पठाएको भेरोसेल १० लाख मात्रा सरकारले खोप दिने भएको छ । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिने निर्णय गरेको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप