नेप्सेमा रेकर्ड ब्रेक, एकैदिन भयो १७ अर्ब माथिको कारोबार

person explore access_timeजेठ २३, २०७८ chat_bubble_outline0

सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।

नेप्सेका अनुसार आज ठूला ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७.८३ अंकले बढेर ५२०.९९ विन्दुमा पुगेको छ ।  यस दिन कुल २१८ कम्पनीका ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १ लाख ७१ ह्जार ६० पटक किनबेच हुँदा कुल १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँको कारोबार भएको छ । 

नेप्सेका अनुसार आज बैंकिङ, विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स, म्युचुअल फन्ड, लगानी लगायतका समूहहरु धनात्मक भएका छन् भने यता होटल तथा टुरिजम, व्यापार, हाइड्रोपावर, निर्जीवन बीमा, उत्पादनका क्षेत्रहरु ऋणात्मक भएका छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X