सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना अपडेट : ३४७९ जना संक्रमित थपिए, ६६३६ जना निको भए

आइतबार, २३ जेठ २०७८, १६ : ४०
आइतबार, २३ जेठ २०७८

पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा  ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ८८ हजार १२४ पुगेको छ भने एन्टिजेनबाट १३ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ । यसमध्ये ८२ हजार ७०३ जना होम आइसोलेसनमा, ६ हजार ५१४ जना संस्थागन आइसोलेसनमा, १ हजार ४४२ जना आईसीयू र ३८१ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप ६६३६ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ९१ हजार ९ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ८३.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ९९ जनाको मृत्यु भएको छ । नेपालमा ७ हजार ८९८ जनाको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप