बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

आइतबार, २३ जेठ २०७८, १६ : ४०
आइतबार, २३ जेठ २०७८

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सो अस्पतालमा रूपन्देही र अर्घाखाँचीका संक्रमितको मृत्यु भएको हो । उनीहरु दुबैजनाको अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा रूपन्देहीको कञ्चन गाउँपालिका ३ का ३४ वर्षीय महिला रहेकी छन् । उनलाई जेठ १७ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको आज उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै अर्घाखाँचीका छत्रदेव ७ का ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । जेठ २१ गते अस्पतालमा भर्ना भएका ती पुरुषको २२ गते कोरोना पेजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जनाकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप