शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुरे दोहनविरुद्ध प्रर्दशन गर्ने नेविसंघ महामन्त्री भट्टराईसहित ९ नेता पक्राउ

आइतबार, २३ जेठ २०७८, १६ : १४
आइतबार, २३ जेठ २०७८

चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का ९ जना नेता पक्राउ परेका छन् । सरकारले ल्याएको चुरे नीति गलत भएको भन्दै त्यसविरुद्ध प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई  प्रहरीले गोंगबु चोकबाट पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा प्रभुलाई भेटी चुरेको गिट्टी, चुरे दोहन बन्द गर लगायतका नारा लगाएका थिए । पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् ।

चुरे दोहन, बहुल राष्ट्रिय राज्य र पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि विरुद्ध प्रदर्शन गरेको संघका महामन्त्री दीपक भट्टराईले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप