बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीका कानुनविज्ञलाई न्यायाधीशले रोके– हामीलाई कम्फर्टेबल फिल भएको छैन

आइतबार, २३ जेठ २०७८, १६ : ०५
आइतबार, २३ जेठ २०७८

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा गठन भएको संवैधानिक इजलासको विषयमा गलफती अझै जारी रहेको छ । सर्वोच्च अदालतमा खाजा ब्रेक अघि सरकारी पक्षका वकिलहरुले इजलासमा तोकिएको न्यायाधीशबारे प्रश्न उठाएकामा खाजा ब्रेकपछि पनि सोही विवादले निरन्तरता पाएको छ ।

खाजापछिको इजलास सुरु हुनुबित्तिकै प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहाल बहस गर्न लयर्स पोडियममा उभिएपछि न्यायाधीश ईश्वर खतिवडाले रोक्न पुगे । उनले यो विषयमा धेरै बहस जरुरी नरहेको भन्दै अनावश्यक रुपमा बहस भएको भन्दै आफूहरुलाई कम्फर्टेबल फिल नभएको बताए ।

उनले भने, ‘हामीलाई कम्फर्टेबल फिल भएको छैन । यसमा धेरै बहस जरुरी छैन । इजलास गठनबारे बहस हुने कुरा नै होइन । अब निवेदकतर्फका कानुन व्यवसायीका कुरा सुनौँ ।’ त्यसपछि अहिले रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप