वर्तमान राजनीतिक परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीप्रति सेना सचेत

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको राजनीति परिस्थितिबाट भोली उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे नेपाली सेना सचेत रहेको बताएका छन् । आइतबार जंगी अड्डामा आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा सञ्चारमाध्यमसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधान सेनापति थापाले संविधानले नै सेनालाई राष्ट्र रक्षाको जिम्मेवारी दिएकोले अहिलेको राजनीतिक अवस्थाबारे नेपाली सेना जानकार रहेको उल्लेख गरे ।
राजनीति परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्नका लागि सेना सहित अन्य सुरक्षा निकायले पनि ध्यान दिनुपर्ने उल्लेख गरे । उनले सेना राजनीतिक विषयभन्दा बाहिर रहेको बताउदै कुनैपनि समस्याको हल विधि पद्दति अनुसार खोज्नुपर्ने बताए । उनले राजनीतिक सुझबुझका आधारमा समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
उनले सरकारसँगको वार्तापछि विप्लव समूह शान्तिपूर्ण मूल राजनीतिमा आउने संकेत रहेको उल्लेख गरे । नेपाली सेनालाई जहिले पनि सुरक्षा चुनौति आउने बताउँदै समाजमा कसैले द्वन्द फैलाउन खोज्छ भने अन्य सुरक्षा निकाय, मिडिया र आम नागरिकको सहयोगमा त्यसलाई परास्त गर्न सकिने बताए । उनले विप्लव समूह भविष्यमा द्वन्द्वमा नजाने विश्वास व्यक्त गरे ।
प्रधानसेनापति थापाले नेपाली सेनाको दायित्व र जिम्मेवारी संविधानले निर्धारण गरेकोले सोही अनुसार अघि बढ्ने उल्लेख गरे । उनले सेना सँधै प्रजातन्त्र, नेपाली जनता र संविधानको पक्षमा रहेको बताए । उनले २०८३ सालसम्म सेनाले गरिरहेको फास्ट ट्रयाक निर्माणको काम सम्पन्न गर्ने जानकारी गराए । फास्ट ट्रयाक निर्माणमा होस वा औषधी खरिद लगायत सेनाले हात हालेका काममा कुनै अनियमितता नहुनेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा