शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ विश्व खाद्य स्वच्छता दिवसको नारा तय

आइतबार, २३ जेठ २०७८, ०८ : ००
आइतबार, २३ जेठ २०७८

यस पटकको तेस्रो विश्व खाद्य स्वच्छता दिवस, २०२१ तथा तेह्रौं राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७८ को नारा ‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ तय भएको छ ।

खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पु¥याउने उद्देश्यले १२ वर्ष अघि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले सुरु गरेको सो अभियानलाई सन् २०१९ जून ७ देखि कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन –एफएओ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले समर्थन जनाउदै जून ७ लाई विश्व खाद्य दिवसको रुपमा मनाउने घोषणा गरेका थिए ।

यस वर्ष विश्व खाद्य स्वच्छता दिवसको नारा ‘सेफ फुड नाउ फर अ हेल्दी टुमरो’ तय गरिएको छ भने सोही नारालाई नेपालले समेत आत्मसात गरेको हो । प्रत्येक वर्ष विभागले नेपालमा खाद्य स्वच्छता तथा स्वास्थ जीवन यापन सम्बन्धि विविध कार्यक्रमहरु गरी मनाउँदै आएको खाद्य दिवस यस वर्ष कोभिड–१९ का कारण रोकिन पुगेको छ ।

तथापि, यस वर्ष वार्षिक नारा तय गर्दै आम सर्वसाधारणलाई खाद्य सुरक्षा, स्वस्थ खानपान र स्वस्थ जीवनसम्बन्धी सन्देश प्रवाह गरिएको खाद्य स्वच्छता दिवस, २०७८ मनाइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप