आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा नयाँ मन्त्रीले लिए शपथ, काँग्रेस पहिलो पटक सरकारमा

आइतबार, २३ जेठ २०७८, १५ : ४१
आइतबार, २३ जेठ २०७८

कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट थपिएका दुई मन्त्रीले शपथ लिएका छन् उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

सत्ता साझेदार नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी बन्नका लागि काँग्रेस संसदीय दलले शुक्रबार २ जनाको नाम सिफारिस गरेको थियो । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता काँग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएपछि २०७४ को निर्वाचनपछि काँग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग सत्ता साझेदार गरेको हो ।

नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदार गर्दै कांग्रेसले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बुढा क्षेत्री र उर्जा जलस्रोत मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई सरकारमा पठाएको छ । दुवै जनाले संसदीय दलको बैठकमा भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री बनेका दुई सांसदलाई कांग्रेसले आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मितव्ययिता, सादा जीवनशैली अपनाउनु पर्ने विषय उल्लेख भएको आचारसंहितामा हस्ताक्षर गराएको छ । 
सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाउने काँग्रेसले जनाएको छ । दुई मन्त्री थपिए सँगै कर्णाली प्रदेश सरकारमा ८ जना मन्त्री भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप