शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युलेस सिटी काउन्सिल मेम्बरमा पौडेल विजयी

आइतबार, २३ जेठ २०७८, १५ : १४
आइतबार, २३ जेठ २०७८

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी भएका छन् । स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल दुई वर्षका लागि सिटीको मेम्बर निर्वाचित भएका हुन् ।

चितवनका बासिन्दा रहनुभएका पौडेलले आफ्नो विजयले सबै नेपालीको जीत भएको बताए । नेपालमा रहँदा पौडेल प्राध्यापन पेशामा संलग्न रहेका थिए । गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो । यो निर्वाचनमा कुनै पनि उम्मेदवारले विजय हुनका लागि आवश्यक ५० प्रतिशत मत पाउन नसकेपछि पहिलो चरणमा बढी मत ल्याउने उम्मेदवारबीच ‘रनअफ राउन्ड’मा चुनाव भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप