बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशको जवाफ : श्रेष्ठ र केसीलाई बाहेक गरे भट्टराई र कार्कीले इजलासमा बस्ने राय दिनुभएको थियो

आइतबार, २३ जेठ २०७८, १४ : ०६
आइतबार, २३ जेठ २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले प्रश्न उठेका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र तेज कुमार केसी बाहिर भए आफूहरु इजलासमा बस्ने राय दिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको बहसमा गठन भएको इजलासको सरकारी वकिलहरूले विरोध गरेपछि राणाले यस्तो बताएका हुन् ।

‘अरु दुईजनालाई बाहेक गरेमा बस्छौँ भन्ने उहाँहरु (भट्टराई र कार्की)को राय थियो । त्यसमा बौद्धिक छलफमा जाओस भनेर मैले भनेको थिएँ’, राणाले इजलासमा भने ।

बहसका क्रममा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले फुलकोर्टले यसरी इजलास गठन गर्नु भनेर निर्देशन दिन मिल्छ ?’ भन्ने प्रश्न गरेका थिए ।

जवाफमा न्यायाधीश ईश्वर खतिवडाले फुलकोर्टले औपचारिक रुपमा यसरी इजलास गठन गर्ने भनेर केही निर्णय नगरेको बताए । उनले निर्णय भनेको अवस्थामा नबुझिन पनि आग्रह गरे ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप